काठमाडौँ ।
विभिन्न माग राखी १७ दिनदेखि आन्दोलनरत शिक्षकहरूले माइतीघर–नयाँ बानेश्वर सडक अवरोध गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ।
मुख्य सडक नै अवरोध हुँदा १७ दिनदेखि सो क्षेत्रको ट्राफिक प्रभावित समेत हुँदै आएको छ।
अहिले नयाँ बानेश्वर अनामनगर, माइतीघर मण्डला, थापाथली धोबीखोला कोरिडोरमा ट्राफिक भार बढेको छ भने लामो समय जाममा बस्नु परेको छ ।
विद्यालय शिक्षा ऐन माग गर्दै शिक्षकहरूले आन्दोलन जारी राखेका हुन् । सरकारले आन्दोलन स्थगित गर्न आग्रह गर्दै आए पनि शिक्षकहरूले त्यसलाई बेवास्ता गर्दै आन्दोलन जारी राखेका हुन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्