
कोहलपुर।नेपाल शिक्षक महासङ्घको काठमाडौं केन्द्रीत सडक आन्दोलनलाई समर्थन गर्दै कोहलपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयका सबै प्रधानाध्यापकहरूले भर्ना तथा नतिजा प्रकाशन कार्यक्रम स्थगन गर्ने निर्णय गरेका छन् ।
नगरपालिका शिक्षक महासङ्घको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
कोहलपुर नगरपालिका भित्रका सबै प्रधानाध्यापकहरूको आज बसेको बैठकले राजधानी केन्द्रीत आन्दोलनलाई समर्थन गर्दै नेपाल शिक्षक महासङ्घ केन्द्रीय समितिले गरेका सबै कार्यक्रमलाई अक्षरशः पालना गर्ने निर्णय गरेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्