कोहलपुरबाट नेपाली काँग्रेसले सुरु गर्याे हिन्दुराज्यको पक्षमा हस्ताक्षर




कोहलपुर । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १ बाँके र प्रदेश सभा ‘क’ र ‘ख’ को तेस्रो सम्मेलनमा हिन्दुराज्य पक्षमा हस्ताक्षर सुरु गरेको छ ।
नेपाली काँग्रेसले संविधान संसोधन गरी नेपाललाई हिन्दुराज्य पक्षमा हस्ताक्षर सुरु गरेको नेपाली काँग्रेसका नेताहरुले बताएका थिए ।

हस्ताक्षर गर्दै नेपाली काँग्रेसका नेताले भने, नेपाल धर्मनिपक्षता भएकै कारणले धेरै समस्याहरु आउन थालेका छन् जसको विकल्प भनेकै संविधान संशोधन गरी हिन्दु राज्य कायम गर्ने उनको भनाई रहेको थियो ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र प्रकाशले जनअपेक्षाको अनुसार हिन्दुराज्यको पक्षमा हस्ताक्षर सुरु गरेको बताए ।

प्रकाशका अनुसार सबै राजनीतिक दलमा नेतृत्व परिवर्तनको समय आइसकेको छ, नेताहरूले जनअपेक्षा नबुझेकैले अहिले आमनागरिकमा नेता प्रति नकारात्मक धारणा बढ्दै गएको उनको भनाइ थियो ।

उनले जनतामा केन्द्रित भएर काम गर्न जिल्लाका नेता र कार्यकर्तालाई आग्रह पनि गरे ।

प्रतिनिधिसभाका सदस्यसमेत रहेका भण्डारीले बहुदलीय व्यवस्था आएको लामो समय हुँदा पनि सीमान्तकृत वर्ग माथि उठ्न नसकेको भन्दै चिन्ता व्यक्त गरे । सरकारहरूले ध्यान नदिँदा पछाडि परेका वर्गको जीवनस्तर अहिले पनि दयनीय रहेको उनको भनाइ थियो ।

यस्तै नेपाली काँग्रेसका बाँकेका सभापति नारायण प्रसाद गौडेल, क्षेत्र नं. १ का सभापति पोषणराज केसी, क्षेत्र नं. १ प्रदेश सभा ख का बलराम शर्मा, क्षेत्र नं. १ प्रदेश सभा क का अमर बहादुर बुढाथोकी, कोहलपुर नगर सभापति विरेन्द्र कुमार शाह, कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, राप्तीसोनारी गाउँपालिका प्रमुख तप्त पौडेल, राप्तीसोनारी गाउँपालिका सभापति भिम बहादुर राना क्षेत्री, नरैनापुर गाउँपालिका सभापति मेराज अहमद खाँ लगायत वडा सभापति, क्रियाशिल सदस्य लगायत अन्य व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २०८१ चैत २७ गते बिहीबार