
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १ मा बृहत भूमिगत जलस्रोत तथा सिचाई योजनाको शिलान्यास गरिएको छ । नेकपा माओवादी (केन्द्र) का केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले बृहत भूमिगत सिचाई योजनाको शिलान्यास गरिएका हुुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै न्यौपानेले कोहलपुर १ सुख्खा क्षेत्र हो, जसलाई सिचाईको लागि भूमिगत जलस्रोत प्रयोग गरी १५ सय मिटर पाइप विच्छाई सबैको खेतवारीमा पुु¥याउने लक्ष्य सहित योजना सुरु गरिएको बताए ।
आफ्नो दायित्व र जिम्मेवारी हो उनले भने निर्वाचनमा पनि होम्एिको र यस वडाबाट उत्कृष्ट मतदान गर्नुभएको थियो, सोही ऋण अझै तिर्न बाँकी छ । आगामी दिनमा आउने योजनामा समेत अन्य यस्ता खाल्का बृहत योजना ल्याउन पूर्ण रुपमा लाग्ने केन्द्रिय सदस्य न्यौपानेले बताए ।
यस्तै नेपाली काँग्रेस कोहलपुर वडा नं. १ का वडा सभापति भोजेन्द्र रेग्मीले विकास र समृद्धिमा सबै राजनितिक दल ऐक्यबद्धता भएर लागेको बताए । रेग्मीले यो योजना वडासम्म ल्याउनका लागि पहल गर्नुभएका नरेन्द्र न्यौपानेलाई बधाई सहित धन्यवाद दिए ।
यस्तै नेकपा एमालेका कोहलपुर वडा नं. १ का अध्यक्ष अम्बर बहादुर लामिछानेले भूमिगत जलस्रोत तथा सिचाई योजनालाई सफल बनाउन पूर्ण रुपमा लाग्ने बताए ।
यस्तै कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बद्रिप्रसाद जैसीले १ करोड २० लाखमा यो योजना सञ्चालन भएको बताए । पानीको हाहाकारलाई परिपूर्ति गर्नका लागि योजना सुरु भएको बताए । अबको केहि महिनामा सम्पन्न हुने यसले कोहलपुर १ का वडाबासीलाई सिचाईको प्रशस्त पुग्ने वडा अध्यक्ष जैसीको दावी छ ।
कोहलपुर नगरपालिका १ का स्थानिय धुव्र परियारले ५ धुर जग्गा जलस्रोत तथा सिचाई योजनालाई दान गरेका छन् ।
यस्तै कार्यक्रममा नेकपा माओवादीका नगर उपाध्यक्ष रुद्र खनाल, वडा सदस्य विन्दु कुमारी शाही र राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति देवेन्द्र बनगडी थापा लगायत स्थानियहरुको उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्