Kohalpur Today Header Ads

मासु अड्किएर एक जनाको मृत्यु




घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका-५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको हो।

चैतेदसैंको अवसरमा गाँउमा काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा मासु अड्किएको थियो। बेहोस भएका उनलाई उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा पुर्‍याइएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीका अनुसार उपचार क्रममा शनिबार दिउँसो कुँवरको मृत्यु भएको हो।

LIfe Ok

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली उक्त स्थानतर्फ गएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ चैत २३ गते आइतबार