Kohalpur Today Header Ads

कलेजका विद्यार्थीहरुको आकर्षक अध्ययन केन्द्र बन्दै कोहलपुरमा अवस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर




कृष्ण कुमार शाही, कोहलपुर ।
बांके जिल्लामा कोहलपुरमा अवस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर आम पाठकहरुको संख्या दिनप्रतिदिन अध्ययन थलो बन्दै गएको छ । कोहलपुर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी लगायत आम नागरिकहरुमा पठनसंस्कृतिको विकास हुँदै गएको पुस्तकालय पछिल्लो समय कलेज स्तरका विद्यार्थीहरुको पनि अध्ययन गर्ने थलो बन्दै गएको देखिन्छ ।


कोहलपुरमा मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पसमा स्नातक देखि स्नातकोत्तर तहसम्म पठनपाठन हुँदै आएकोमा ती विद्यार्थीहरुको आकर्षक अध्ययन केन्द्र बनेको छ ज्ञानोदय पुस्तकालय ।
स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले विभिन्न विद्याका पुस्तक पुस्तकालयमा अध्ययन गर्न र घरमा लिएर अध्ययन गर्न पाउने, लोकसेवाको तयारी गर्न सजिलो हुने, शिक्षकसेवा आयोग तयार गर्न सजिलो हुने, कम्प्युटर सिक्न पाईने र नेटईन्टरनेट समेत सुविधा भएपछि आकर्षक बढेको पुस्तकालयका सचिव एकराज शर्माले वताउंछ्न । उनी भन्छ्न पुस्तकालयमा विभिन्न विद्याका १३ हजार बढी पुस्तक रहेको र विभिन्न सुविधा सहित पठनपाठन गर्न सौहाद्र वातावरण प्रयाप्त भएकोले कलेजका विद्यार्थीहरुको आकर्षक बढेको हो ।


शर्मा भन्छ्न विद्यालयमा अध्ययनरत विद्यार्थीको आकर्षक केन्द्र बनेको थियो नै पछील्लो समय कलेजका विद्यार्थीहरुको समेत अध्ययन थलो बन्न गएको हो । हामीले कोहलपुरको सुविधा सम्पन्न पुस्तकालयको व्यापक प्रचारप्रसार गराउने र पुस्तकालयमा अध्ययनरत हालसम्मका पाठकहरुले नेपाल सरकारले गर्ने विभिन्न विज्ञापनमा समेत नाम निकालेको कुरा पुष्टि गर्न सकेका छैनौ यो पुष्टि गर्दा अझै अध्ययन गर्ने आकर्षक थलो हुन्छ पुस्तकालय ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok


वागेश्वरी बहुमुखी क्याम्पस स्नातक तह तेस्रो सेमेस्टरका विद्यार्थीहरुले पुस्तकालयको अवलोकनमा धार्मिक पुस्तकहरुमा बढी चासो दिएर अध्ययन गरेको पुस्तकालयका कर्मचारी शिवध्वज शाही वताउंछ्न । वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक एकराज शर्मा सामुदायिक सिकाइ केन्द्र्को अवधारणा अनुरुप नेपालमा स्थापित पुस्तकालयहरु विश्वविद्यालयका पुस्तकालय भन्दा फरक छ्न । सामुदायिक पुस्तकालयमा विभिन्न विधाका पुस्तकालयहरु रहेको र पाठकले आफ्नो रुचि अनुसारको पुस्तक आफै निकाली अध्ययन गर्न पाउनु नै उसको लागि खुसी भएको वताए ।


तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी संगिता सुनारले पुस्तकालयको अवलोकन पश्चात् अब सधै आउने र आफू लोकसेवा तयारी गरेर पढने ईच्छा जागेको वताईन । हिन्दू दर्शनको विभिन्न पुस्तकहरुमा चासो राख्दै ती पुस्तकको राम्रो विचार आम नागरिकमा लैजाने र शिक्षकसेवा आयोग र लोकसेवा आयोगको तयारी गर्न पुस्तकालय वातावरण निकै राम्रो भएको वताउंछ्न विद्यार्थी हिरालाल राना र उब्जन थापा ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ चैत १४ गते शुक्रबार