साना ।
संयुक्त राज्य अमेरिकाले शनिबार होडेइडाको विमानस्थलमा आक्रमण गरेको यमनी सञ्चारमाध्यमले हुथी स्रोतलाई उद्धृत गरी जनाएका छन्।
हुथीनिकट अल–मसिराह टीभीले ‘अमेरिकी आक्रामकता’लाई दोष दिँदै रेड सीको तटमा रहेको होडेइडास्थित विमानस्थललक्षित तीन आक्रमण गरिएको जनाएको छ ।
बुधबार अमेरिकाको सेन्ट्रल कमान्डले विद्रोहीविरुद्ध ‘निरन्तर कारबाही’ भइरहेको पुष्टि गरेको थियो । त्यसपछि इरान समर्थित विद्रोहीको टेलिभिजन च्यानलले बुधबार र शुक्रबार यस्तै आरोप लगाएको थियो ।
मार्च १५ मा अमेरिकाले हवाई आक्रमणको एक शृंखलाको घोषणा गरेको थियो, जसमा वरिष्ठ हुथी नेताहरूसहित ५३ जनाको मृत्यु भएको विद्रोहीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विद्रोहीले इजरायली पानीजहाजमा पुनः आक्रमण गर्ने धम्की दिएपश्चात् र राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि पहिलोपटक अमेरिकाबाट यो आक्रमण भएको हो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्