माइतबाट आएकै रात महिलाले पतिको जिब्रो टोकेर छिनालिन्




नयाँ दिल्ली । बिहे भएको डेढ महिना नबित्दै एक महिलाले आफ्नो पतिको जिब्रो टोकेर छिनालेकी छन् । भटना भारतको राजस्थान राज्यको झालावाड जिल्लास्थित बकानी गाउँको हो । आरोपित महिला माइतबाट फर्किएकै रात उक्त घटना भएको बताइएको छ ।

घाइते अवस्थामा पीडित कन्हैयालाललाई शुक्रबार राजेन्द्र पब्लिक अस्पतालमा भर्ना गरी उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

डेढ महिनाअघि कन्हैयालाल र रविनाबिच विवाह भएको थियो । पछिल्लो समय रविना माइत गएकी थिइन् । बिहीबार रविनालाई उनका पिताले घरमा ल्याएर छोडेका थिए ।

राति अबेर पति–पत्नीबिच कुनै विषयमा झगडा भएको बताइएको छ । सोही क्रममा रविनाले पतिको जिब्रो नै टोकेर छिनालेको परिवारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनापछि रविनाले आत्महत्याको प्रयास गरेको बताइन्छ । तर परिवारले थाहा पाएर सम्झाइ–बुझाइ गरेपछि उनले आफ्नो उक्त उद्देश्य परिवर्तन गरेकी थिइन् ।

घटनाबारे प्रहरीमा समेत जानकारी भएको तर कुनै उजुरी भने नपरेको बताइएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ चैत ७ गते शुक्रबार