शिवध्वज शाही, कोहलपुर ।
मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, बाँकेमा आसन्न चैत्र १८ गते हुन गइरहेको स्व वि यु निर्वाचनको लागि १० संघ संगठन र समुह दर्ता भएका छ्न । निर्वाचन अधिकृतको कार्यालयले सूचना टांस गरि १० संघ संगठन र समुह दर्ता भएको निर्वाचन अधिकृत शिशिर कुमार शर्माले जानकारि दिए ।

दर्ता भएका संघ संगठन र समुह मध्ये नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघ ( ने.वि.संघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, स्वतन्त्र प्राज्ञिक विद्यार्थी समूह, अखिल (क्रान्तिकारी), अखिल (क्रान्तिकारी) बहुमत, नागरि विद्यार्थी समाज, अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आफ्नो संघ संगठन र समुह दर्ता गराएका हुन । विहान १० बजेदेखी दिउँसो २ बजे सम्म दर्ता समय राखिएको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।
साथै निर्वाचन अधिकृतको कार्यालयले १८१६ जनाको प्रथम नामावली प्रकाशन गरेको छ । क्याम्पसमा स्नातक देखि स्नातकोत्तर तह सम्म विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुको नामावली प्रकाशन गरिएको हो । चैत्र ०८ गते प्रथम नामावलीमा दावी विरोधको समय राखिएसंगै क्याम्पस स्ववियु निर्वाचनमा विद्यार्थी नेताहरूको बाक्लो उपस्थित देखिन्छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्