मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पसमा स्व वि यु निर्वाचनको कार्यतालिका सार्वजनिक




कृष्ण कुमार शाही, कोहलपुर ।
मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले स्व वि यु निर्वाचनको मिति निर्धारण गरेको छ । मध्यपश्चिम विश्वविद्यालयका केन्द्रिय क्याम्पस सहित आंगिक क्याम्पसमा निर्वाचन तोकेको हो । यहि चैत्र ७ गतेदेखी सुरु हुने स्व वि यु निर्वाचन चैत्र १८ गते हुने छ ।


मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पसले विश्वविद्यालयले निर्धारण गरेको स्व वि यु निर्वाचनको कार्यतालिका निकालेको छ । क्याम्पस प्रमुख एवम् स्व वि यु निर्वाचन समितिका संयोजक दान बहादुर हमालले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छ्न ।
यस अघि क्याम्पस प्रशासनले निर्वाचन समिति र निर्वाचन अधिकृत नियुक्त गरेको छ । यसपटक निर्वाचन अधिकृतमा पुर्व क्याम्पस प्रमुख शिशिर कुमार शर्मा लाई नियुक्त गरेको संयोजक हमालले कोहलपुर टुडे लाई जानकारी दिए ।

यस्तो छ स्ववियु कार्यतालिका :

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ चैत ४ गते मंगलबार