कार्यसम्पादन मूल्यांकनमा तेस्रो बन्यो कोहलपुर (नतिजा सहित)




कोहलपुर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा कोहलपुर नगरपालिका तेस्रो बनेको छ । कोहलपुर नगरपालिकाले ५८.२१ प्रतिशत अंक पाएको छ  ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यस अघि काेहलपुर नगरपालिकाकाे ३५ प्रतिशत मात्र तथ्थांक सार्वजनिक गरेकोमा थप डकुमेन्टहरु अपलोड गरेपछि कोहलपुर नगरपालिकालको ५८.२१ प्रतिशत अंक थपिएसंगै कोहलपुर तेस्रो भएको हो ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रारम्भिक नतिजामा कोहलपुर अन्तिममा देखाएको थियो तर केही डकुमेन्ट अपलोडपछि कोहलपुर तेस्रो भएको बताए ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन मूल्यांकन गर्दा स्थानीय तहका लागि राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान तथा रोयल्टी बाँडफाँट, सशर्त अनुदानको आधार एवम् आन्तरिक ऋणको सीमा निर्धारण गर्ने गरेको छ ।

कार्यसम्पादन मूल्यांकनको नतिजा (२०८१/८२)

१. राप्तिसोनारी गाउँपालिकाः- ६०.०१
२. बैजनाथ गाउँपालिकाः- ५९.२७
३. कोहलपुर नगरपालिकाः- ५८.२१
४. खजुरा गाउँपालिका :- ५८.०४
५. डुडुवा गाउँपालिका :- ५१.४९
६. नरैनापुर गाउँपालिकाः- ४८.७२
७. नेपालगञ्ज उपमहानगरपालिकाः- ४६.८९
८. जानकी गाउँपालिकाः- ४३.५९

स्थानीय संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) (२०८१/८२)

१. डुडुवा गाउँपालिकाः- ९५.२५
२. खजुरा गाउँपालिकाः- ९१.२५
३. राप्ती सोनारी गाउँपालिकाः- ९०.७५
४. कोहलपुर नगरपालिकाः- ८९
५. नेपालगञ्ज उपमहानगरपालिकाः- ८३.२५
६. बैजनाथ गाउँपालिका र जानकी गाउँपालिकाः- ८०
७. नरैनापुर गाउँपालिकाः- शुन्य

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन नतिजा (२०८१/८२)

१. राप्ती सोनारी गाउँपालिकाः- ९९.५
२. खजुरा गाउँपालिकाः- ९०
३. जानकी गाउँपालिकाः- ८८.५
४. कोहलपुर नगरपालिकाः- ८७.५
५. बैजनाथ गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाः- ८६.५
६) डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका शुन्य रहेको छ ।

प्रकाशित मिति : २०८१ फागुन २७ गते मंगलबार