Kohalpur Today Header Ads

कार्यसम्पादन मूल्यांकनमा तेस्रो बन्यो कोहलपुर (नतिजा सहित)




कोहलपुर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा कोहलपुर नगरपालिका तेस्रो बनेको छ । कोहलपुर नगरपालिकाले ५८.२१ प्रतिशत अंक पाएको छ  ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यस अघि काेहलपुर नगरपालिकाकाे ३५ प्रतिशत मात्र तथ्थांक सार्वजनिक गरेकोमा थप डकुमेन्टहरु अपलोड गरेपछि कोहलपुर नगरपालिकालको ५८.२१ प्रतिशत अंक थपिएसंगै कोहलपुर तेस्रो भएको हो ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रारम्भिक नतिजामा कोहलपुर अन्तिममा देखाएको थियो तर केही डकुमेन्ट अपलोडपछि कोहलपुर तेस्रो भएको बताए ।

LIfe Ok

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन मूल्यांकन गर्दा स्थानीय तहका लागि राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान तथा रोयल्टी बाँडफाँट, सशर्त अनुदानको आधार एवम् आन्तरिक ऋणको सीमा निर्धारण गर्ने गरेको छ ।

कार्यसम्पादन मूल्यांकनको नतिजा (२०८१/८२)

१. राप्तिसोनारी गाउँपालिकाः- ६०.०१
२. बैजनाथ गाउँपालिकाः- ५९.२७
३. कोहलपुर नगरपालिकाः- ५८.२१
४. खजुरा गाउँपालिका :- ५८.०४
५. डुडुवा गाउँपालिका :- ५१.४९
६. नरैनापुर गाउँपालिकाः- ४८.७२
७. नेपालगञ्ज उपमहानगरपालिकाः- ४६.८९
८. जानकी गाउँपालिकाः- ४३.५९

स्थानीय संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) (२०८१/८२)

१. डुडुवा गाउँपालिकाः- ९५.२५
२. खजुरा गाउँपालिकाः- ९१.२५
३. राप्ती सोनारी गाउँपालिकाः- ९०.७५
४. कोहलपुर नगरपालिकाः- ८९
५. नेपालगञ्ज उपमहानगरपालिकाः- ८३.२५
६. बैजनाथ गाउँपालिका र जानकी गाउँपालिकाः- ८०
७. नरैनापुर गाउँपालिकाः- शुन्य

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन नतिजा (२०८१/८२)

१. राप्ती सोनारी गाउँपालिकाः- ९९.५
२. खजुरा गाउँपालिकाः- ९०
३. जानकी गाउँपालिकाः- ८८.५
४. कोहलपुर नगरपालिकाः- ८७.५
५. बैजनाथ गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाः- ८६.५
६) डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका शुन्य रहेको छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ फागुन २७ गते मंगलबार