बोहरा ड्राइभिङ नजिकै बोहरा अटोमोबाईल सन्चालनमा




कृष्ण कुमार शाही, कोहलपुर । कोहलपुर -११ पुरानो बसपार्क जाने बाटोमा बोहरा अटोमोबाइलको उदघाटन भएको छ। आज स्वस्तिवाचनका साथ उक्त अटोमोबाइलको उदघाटन गरिएको हो ।


कोहलपुर -११ निवासी बोहरा ड्राइभिङसेन्टरका प्रोप्राईटर दिल बहादुर बोहराले निजि लगानीमा उक्त अटोमोवाईल सुरु गरेका छ्न । उनले यस अघि कोहलपुर नेपालगन्ज रोडमा ट्राईल सेन्टर समेत सन्चालनमा ल्याएका छ्न भने पुरानो न्युरोड देखि पुरानो बसपार्क कोहलपुर खुला मैदानको पश्चिम तर्फ बोहरा ड्राइभिङ सेन्टर समेत सन्चालनमा ल्याएका थिए ।


करिब ८५ लाख बराबरको लगानीमा इलेक्टि्रकल ई रिक्सा, ई मोटरसाइकल र इलेक्टि्रकल साईकल एवम् मर्मत सम्भार सहित अटोमोबाईल सन्चालनमा ल्याएको प्रो प्राईटर दिल बहादुर बोहराले जानकारी दिए ।
उदघाटनको एकहप्ता सम्म विशेष छुट सहित बुकिङ गर्न सकिने छ भने उदघाटनको दिन भारी छुट रहेको छ । अन्यत्र भन्दा सस्तो र शुलभ मूल्यमा इलेक्टि्रकल ई रिक्सा लगायत स्कुटी, साईकल तथा पेट्रोलियम रिक्सा समेत पाउने उनले वताए ।

अटोमोबाईल पन्डित एकराज शर्माको मुखारविन्दबाट स्वस्तिवाचम गर्दै प्रो प्राईटर दिल बहादुर बोहरा, चम्पा बोहरा, उमा बोहरा र रमाबोहराले संयुक्त रूपमा उदघाटन गरेका हुन ।

 

प्रकाशित मिति : २०८१ फागुन २६ गते सोमबार