मध्यपश्चिम विश्वविद्यालयले तेस्रो दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न




भगवती पोख्रेल, सुर्खेत

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ । आज मिति २०८१ साल फाल्गुन २३ गते मध्यपश्चिम विश्वविद्यालयको ऐतिहासिक तेस्रो दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको हो ।

विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसर, कुइनेपानीमा आयोजित उक्त समारोह सम्माननीय प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीज्यूको अध्यक्षता, सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति एवं जवाहरलाल नेहरु विश्वविद्यालय, भारतका प्रा. डा. महेन्द्र पी लामाज्यूको प्रमुख आतिथ्यता तथा विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमज्यूको समुपस्थितिमा सम्पन्न भएको हो।


सम्माननीय प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहका अवसरमा विभिन्न तह र सङ्कायका ३८४१ विद्यार्थी दीक्षित भएका छन् । समारोहमा बोल्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कर्णाली प्रदेशको सभ्यताको  इतिहास लामो रहेको जनाउदै दीक्षित विद्यार्थीहरुले समाज र देशको हितमा सदैब आफुले योगदान दिदै थप प्रगति पथमा अघि बढ्न प्रेरणा प्रदान गरेका थिए ।


त्यस्तै प्रमुख अतिथि प्रा. डा. महेन्द्र पी.ले दीक्षित विद्यार्थीहरुलाई प्रेरणादाई मन्तव्य प्रस्तुत गरेका थिए । उनले  मध्यपश्चिम विश्वविद्यालयले आफ्नो विशेष किसिमको पहिचान बनाउदै अगाडी बढ्ने अवसर रहेको वताए । दीक्षित विद्यार्थीहरुलाई कठिनाईका पर्खालहरु भत्काउदै सम्मुन्नतको बाटोमा अगाडी बढ्न प्रेरणा दिए ।

समारोहमा उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उनले मध्यपश्चिम विश्वविद्यालयको वर्तमान अवस्था, कार्यक्रम र भावी योजनाहरुको समेत प्रस्तुत गरेका थिए । समारोहको संचालन विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले गरेका हुन ।

समारोह विश्वविद्यालय आंगिक क्याम्पस सम्बन्धन प्राप्त क्याम्पस केन्द्रिय क्याम्पसमा अधयनरत स्नातक तथा स्नातकोत्तर एवम दर्शनाचार्यमा उपाधी प्राप्त विद्यार्थीहरुले उपाधी ग्रहण गरेका छ्न ।

दिक्षान्त समारोह सुरु हुनु पुर्व मध्यपश्चिम विश्वविद्यालयको सोह्रौं सभाको बैठक सम्पन्न भएको थियो । समारोहमा कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यामलाल कडेलज्यू, माननीय मन्त्रीज्यूहरु, विश्वविद्यालय सभाका सभासदज्यूहरु, अन्य पदाधिकारीज्यूहरु, प्राध्यापक, कर्मचारी, विद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो । समारोहको प्रतक्ष्य प्रसारण मध्यपश्चिम विश्वविद्यालयको आधिकारिक फेसबुक पेज मार्फत गरिएको थियो । समारोहमा कर्णाली  प्रदेशका मुख्यमन्त्री,मन्त्रीहरु, माननीयहरु लगायत अभिभावकहरु, प्राध्यापक, कर्मचारी र मिडियाकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०८१ फागुन २४ गते शनिबार