कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको निम्बल एकेडेमीले १६औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार कोहलपुर नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि पूर्ण प्रसाद आचार्यले वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गरेका थिए ।
उद्घाटनको क्रममा बोल्दै नगर प्रमुख आचार्यले कोहलपुरको शिक्षा प्रणालीलाई सुधारउन्मुख बनाउन निकै लागि परेको बताए । ‘सामुदायिक र संस्थागत विद्यालयहरुलाई स्वस्थ प्रतिस्पर्धाबाट लैजानका लागि निकै प्रयास गरेको छु,’ उनले भने, ‘तर यहाँ अस्वस्थ प्रतिस्पर्धा भयो, सामुदायिक विद्यालयको १ सय प्रतिशतमा जम्मा १४ प्रतिशत पास भए भने संस्थागत तर्फ १०० प्रतिशतमा ६९ प्रतिशत पास भए ।’
विगतमा भएको विएई परिक्षा तथा एसईई परिक्षाहरुमा हामीलाई निरुसाहित हुने गरी लागे र विगतमा भएका त्रूटीहरुलाई सच्याउँदै नयाँ योजनाबाट लागि रहेको उनको भनाई थियो । आचार्यले अभिभावकलाई नियमित रुपमा विद्यालय आउनुपर्नेमा जोड दिएका थिए ।
‘विद्यालयमा शिक्षकको योग्यता चेकजाँच गरी आफ्नो बालबालिकाहरुको पढाईलेखाईको बारेमा जान् बुझ्न आउनुपर्ने हुन्छ,’ उनले थपे, ‘तर धेरै अभिभावकहरु विद्यालयसम्म आउन कठिन मान्नुहुन्छ ।’ विद्यालयमा भएका शैक्षिक गतिविधि र नयाँ गतिविधिको बारेमा जानकारी लिने र सुझावहरु समेत दिन उनले आग्रह गरे ।
यस्तै निम्बल एकेडेमीका संस्थापक प्रिन्सिपल रमेश खत्रीले विद्यालयका वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २०७५ सालमा एसईईमा उत्कृष्ट नतिजा ल्याएको र त्यसपछिका नतिजाहरुमा समेत सन्तोषजनक नतिजा आएको उनको प्रतिवेदन छ । कक्षा १ देखि ९ सम्मका सम्पूर्ण आन्तिरिक परिक्षाहरुमा सिकाई उपलब्धी सार्वोत्कृष्ट रहेको प्रतिवेदनमा छ ।
कोहलपुर नगरपालिकाले लिएको २०७९ सालमा विएलई परिक्षामा समेत ३.६ जिपीए भन्दा माथि ८ जनाले ल्याएको र ३.२ देखि ३.६ जिपीएसम्म ९ जनाले ल्याएका थिए भने ८० सालमा समेत सोही अनुसार नतिजा प्राप्त गरेको उनको प्रतिवेदनमा छ ।
खत्रीका अनुसार हाल शिक्षकहरुलाई अब्बल बनाई स्मार्ट बोर्ड, कम्प्यूटर ल्याब, बालमैत्री बातावरण, प्रशोधित शुद्ध खानेपानी, तथा पूर्व प्राथमिक तहमा स्मार्ट टिभि मन्टेश्वरी शैक्षिक सामग्रीहरुको प्रयोग गरी अध्ययन अध्यापन भईरहेको उनको भनाई थियो ।
निम्बल एकेडेमीका संस्थापक अध्यक्ष निम बहादुर खत्रीको सभापतित्वमा कार्यक्रम गरिएको थियो । यस्तै कक्षा ८ मा अध्यनरत आकृति सिंह ठकुरीले ‘आमा’ नामक कविता प्रस्तुत गरेकी थिइन् । जसमा अधिकांश अभिभावकहरुको आखाँमा आसु झरेको थियो ।
कक्षा नर्सरीदेखि कक्षा १० सम्मका बालबालिकाहरुले Science, Social, Math and Art प्रदर्शनि गरेका थिए । विभिन्न विधामाका पुरस्कार वितरण तथा नृत्यृ प्रस्तुत गरिएका थिए ।
यस्तै कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्मा, शिक्षा शाखाका प्रमुख राम बहादुर हमाल, प्याब्सन बाँकेका सल्लाहकार यम बहादुर रावत, प्याब्सन कोहपलुरका सल्लाहकार गोविन्द सुवेदी, नगर सचिव मित्रलाल ओली लगायत अभिभावक र विद्यार्थीहरुको उल्लेख सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्