भगवती पोख्रेल, कोहलपुर ।
नेल्टाको कार्यशाला बाँकेमा सम्पन्न भएको छ । आज कोहलपुरस्थित मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा २९औं नेल्टा अन्तर्राष्ट्रिय सम्मेलन २०२५ को पोस्ट-कन्फरेन्स कार्यशाला सम्पन्न भएको हो । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (NELTA), बाँके शाखाको आयोजनामा सम्पन्न उक्त कार्यशाला क्षेत्रीय अंग्रेजी भाषा कार्यालय (RELO), अमेरिकी राजदूतावास काठमाडौँको विशेष सहयोगमा सम्पन्न भएको हो।
कार्यशालामा प्राध्यापक डा. दयामुद्रा ए. डेनेही, RELO अफिसर रोजर एफ. कोहेन र RELO विशेषज्ञ बिश्वराज गौतमले अन्तरक्रियात्मक शिक्षण विधिबारे महत्वपूर्ण सहजीकरण गरेका हुन । कार्यशालामा शिक्षक प्रशिक्षण केन्द्रित स्थानीय अंग्रेजी शिक्षकहरू लाई प्रभावकारी शिक्षण रणनीतिहरूका बारेमा उपयोगी सिप तथा ज्ञान प्रदान गरिएको थियो।
वागेश्वरी बहुमुखी क्याम्पसको विशेष सहकार्यमा सम्पन्न कार्यशालाले शिक्षकहरूबीच आपसी अनुभव आदान-प्रदान गर्न मद्दत पुर्याएको छ । यस खालका कार्यक्रमले शिक्षकहरुको पेशागत विकास र अंग्रेजी भाषाको प्रभावकारी शिक्षणमा महत्वपूर्ण टेवापुग्ने नेल्टा बाँके शाखाका अध्यक्ष प्रमोद सुवेदीले बताए। साथै सहभागी शिक्षकहरूले प्रशिक्षणबाट नयाँ प्रविधि र प्रभावकारी शिक्षण विधिहरू सिक्न पाएको प्रतिक्रिया समेत दिएका थिए । उक्त कार्यशालामा बाँके जिल्लामा रहेका संस्थागत तथा सामुदायिक विद्यालयबाट छनौट भएका अंग्रेजी भाषाका ३५ बढि शिक्षकहरुको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्