स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु




सर्लाही।

चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिआर ३० प १७०३ नंको स्कारपियो दुर्घटना हुँदा घाइते भएका चालक ४० वर्षीय अमितकुमार अधिकारीको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । बेल्ही निवासी अधिकारीको प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपछि ट्रमा सेन्टर पठाइएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ फागुन १९ गते सोमबार