बैजनाथमा ८० भन्दा बढि किशोरीहरुको रक्तअल्पता परीक्षण




कृष्ण कुमार शाही, बैजनाथ । बैजनाथ गाउँपालिकाका १ मा रहेको रारा माध्यमिक विद्यालयमा १० वर्षदेखि १९ वर्षमूनिका किशोरीहरुको रक्तअल्पता परिक्षण गरिएको छ । आइतबार बैजनाथ गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि निर्मला रोकायले उद्घाटन गरेकी थिइन् ।

उद्घाटनका क्रममा बोल्दै रोकायले किशोरीहरुको रक्तअल्पता परीक्षण गरी उनीहरुको वृद्धि र विकासका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बताईन् । यो कार्यक्रमले विशेष किशोरीहरुलाई महिनावारी हुँदा रगतको कमि नहुन र आइरन र फोलिक एसिड समेत खुवाउदै आएको बैजनाथ गाउँपालिका उपाध्यक्ष रोकायको भनाई थियो ।

यस्तै बैजनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाहीले किशोरीहरुलाई आइरन र फोलिक एसिड सेवन गरिरहेका किशोरीहरुको रक्तअल्पताको अवस्था के कस्तो रह्यो ? भनेर परिणाम हेर्नका लागि परिक्षण गरी उपचारमा सहयोग पुग्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको बताए । यो अभियान बैजनाथ गाउँपालिकाका तीन विद्यालयमा सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख शाहीले बताए ।

यस्तै चिसापानी स्वास्थ्य चौकी प्रमुख प्रेम शाहले बैजनाथका ५३ सामुदायिक र संस्थागत विद्यालयहरु मध्ये यस रारा माविमा रक्तअल्पता परिक्षण कार्यक्रम गर्न पाउँदा निकै खुसी भएको बताए । आगामी दिनमा यस्ता विभिन्न खाल्का कार्यक्रमहरु ल्याउन पहल कदमी रहने उनको भनाई थियो ।

सो रक्तअल्पता परिक्षण प्रयोगशालामा हेमराज खत्री, कमला मल्ल र स्वयसेवीका जानकी कुमारी सिंह, रारा माविका सहायक प्रअ कल्पना घर्ती, शिक्षक दिर्घ रोकाय र पूजा शाह लगायत विद्यालयहरुको उल्लेख सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ फागुन १९ गते सोमबार