कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको आशा एकेडेमीले ६औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । मंगलबार कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्माले ६औं वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गरेका थिए ।
विश्वकर्माले कोहलपुरलाई शैक्षिक हव बनाउने परिकल्पना गरेको बताए । ‘गुणस्तरीय र प्रभावकारी शिक्षा बनाउन सानो कक्षादेखि नै मजबुद गराउन परिक्षा प्रणालीलाई कडाई गर्दै लिएका छौं’ उनले भने, ‘आगामी दिनमा कक्षा ३ र ५ को समेत नगर स्तरीय परिक्षा लिनेछौं ।’ पश्चिम नेपालको केन्द्रविन्दुलाई शैक्षिक हव बनाउन सबैको पहल निकै महत्वपूर्ण रहेको उनको भनाई थियो ।
यस्तै नेशनल प्याब्सनका केन्द्रिय सदस्य श्याम कुंवरले अभिभावक, शिक्षक र विद्यार्थीहरुको त्रिकोणात्मक सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिएका थिए । अभिभावकले आफ्नो बच्चाको बारेमा जान्न र बुझ्न विद्यालयमा हप्तामा एक पटक अनिवार्य आउनुपर्नेमा उनको भनाई थियो ।
यस्तै आशा एकेडेमीका संस्थापक तथा प्रिन्सिपल करण सिंह कैनीले विद्यालयमा डिजिटल माध्यमबाट अध्ययनअध्यापन भइरहेको बताए । डिजिटल यूग आइसकेकोले नयाँ नयाँ आयाम थप गर्दै स्माट बोडबाट बालबालिकाहरुलाई पठनपाठन भइरहेको संस्थापक प्रिन्सिपल करण सिंह कैनीको भनाई थियो ।
यस्तै ६औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा नेपाल आइडल सिजन २ का विजेता रवि वडले निकै राम्रो प्रस्तुत राखेका थिए । रवि वडले उपर डोल्पा संग सम्बन्धित फिल्ड चैत ८ गते देशभरका फिल्महरुमा प्रर्दशन हुने ‘द्रोपति’ लाई हलमा हेर्न अनुरोध समेत गरेका थिए ।
यस्तै कार्यक्रममा विद्यालयका संस्थापक करण सिंह कैनीले २०८० सालमा प्रथम, द्धितीय र तृतीय विद्यार्थीलाई मेडल तथा प्रमाण पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा कक्षा नर्सीरदेखि ५ विद्यार्थीहरुले आफ्नो नृत्य तथा साइन्स एक्जूवेशन समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेशनल प्याब्सन नेशनल प्याब्सनका प्रदेश उपाध्यक्ष कमल पछाई, जिल्ला अध्यक्ष किशोरराज मल्ल, सचिव बेग प्रकाश चन्द, कोहलपुर नगर अध्यक्ष विष्णु केसी, कोषाध्यक्ष ज्ञानेन्द्र आचार्य, जिवनज्योति स्कुलका प्रिन्सिपल जोमन जेम्स जुलुम (फादर), आशा एकेडेमीका व्यवस्थापन समितिका अध्यक्ष रुपसिंह करला, व्यवस्थापन सदस्य काला सुनार लगायत उल्लेख्यि अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमा स्वागत मन्तव्य राख्दै आशा एकेडेमी कि संस्थापक ज्योती कैनिले संख्यात्मक भन्दा पनि गुनात्मक गुणस्तरिय शैक्षिक वातावरण बनाउन तर्फ अग्रसरता कायम राखिरहेको बताइन् । आशा एकेडेमीको पुर्ण रुपमा आशा भरोसा गरेर सपोर्ट गर्दिन अभिभावकलाई अनुरोध गर्दै अहिले २०० जना बिध्यार्थी रहेको र १६ जना शिक्षकशिक्षिका कार्यरत रहेको संस्थापक कैनिले बताए । कार्यक्रम संस्थाका संस्थापक करन सिह कैनिको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्