मध्यपश्चिम विश्वविद्यालय ईन्जिनियरिङ संकाय स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु लाई गर्‍यो स्वागत




सुदाम शर्मा, सुर्खेत । 
मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस इन्जिनियरिङ संकायमा स्नातक तहमा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरुको स्वागत गरिएको छ ।
एक कार्यक्रमका विच मध्यपश्चिम विश्वविधालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमको प्रमुख आतिथ्यता तथा रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलको विशेष आतिथ्यतामा स्वागत कार्यक्रम गरिएको हो ।


मध्यपश्चिम विश्वविद्यालय, ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ अन्तर्गत स्नातक तहमा अध्ययनरत नव-आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्न आज भव्य कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त स्वागत कार्यक्रममा ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङका डीन सह प्रा. डा. राजन सुवाल, ग्य्राजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन सह प्रा. डा. सुदीप ठकुरी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति थियो । स्वागत कार्यक्रम ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ बि.ई. तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुद्वारा आयोजना गरिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार