शिवध्वज शाही, कोहलपुर ।
मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर ग्र्याजुएट स्कुल अफ एजुकेसनका विद्यार्थीहरु क्याम्पस प्रमुख दान बहादुर हमाल लाई ध्यानाकर्षण पत्र बुझाएका छ्न । उनीहरुले नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले अन्तिम परिक्षामा नेपाली र अंग्रेजी दुवै माध्यमबाट प्रश्नपत्र निर्माण गरि प्रयोग गरिसकेको मध्यपश्चिम विश्वविद्यालयले पनि सो प्रणाली अपनाउने कार्यमा क्याम्पसबाट ध्यानाकर्षण गर्न अनुरोध गरेका छ्न ।

विद्यार्थी लाई भाषाको कारण उत्तर लेख्न, नेपालीमा बुझ्न् गाह्रो भएर नतिजामा समेत असर हुने गरेकाले सो कुराको ध्यान विश्वविद्यालयले पुर्याउनु पर्ने उनीहरुको धारणा रहेको विद्यार्थी हिरालाल रानाले कोहलपुर टुडे लाई जानकारी दिए ।
ध्यानाकर्षण पत्र बुझ्दै विद्यार्थीहरुको पत्र अनुसारको अनुरोध विश्वविद्यालय पठाउने र सम्बोधन हुनेमा आशावादी भएको वताए । भाषाको कारण विद्यार्थीको भविस्य बिगार्न नहुने उनको तर्क थियो ।

साथै क्याम्पसको ३३ औ वार्षिकोत्सवको अवसरमा भएको शिक्षाशास्त्र संकाय अन्तगत छात्र भलिबलको प्रतियोगिताको उपविजेता हिरालाल रानाको समूहले प्राप्त गरेको पुरस्करबाट दुईवटा ड्स्ट्विन र सरस्वती मन्दिरको लागि घण्ट सौजन्य गरेका छ्न । क्याम्पस प्रमुखलाई सामग्री हस्तान्तरण गर्दै शिक्षाशास्त्र संकायमा प्राध्यापरत गुरुहरुले दिएको संस्कार लाई आत्मसात गरि प्राप्त पुरस्कार खाएर उडाउनुको सट्टा क्याम्पसमा अभाव रहेका सामाग्री सौजन्य गर्न पाएकोमा आफुहरु खुशी भएको समूहका खेलाडी भरत रानाले वताए । उक्त खेल समूहमा हिरालाल राना (टीम क्याप्टेन), शुक्रराज शाहि, भरत राना, भैरव राना, सुरज शाही, केशव खड्का, प्रकाश बुढाथोकी र पवन मगरले खेलेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्