
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा ७औं उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता हुन लागेको छ । कोहलपुर नगरपालिकाले फागुन ७ गतेदेखि १३ गतेसम्म कोहलपुरको अन्तराष्ट्रिय क्रिकेट मैदानमा ७औं उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
सोमबार पत्रकार सम्मेलन गर्दै कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख संगिता सुवेदी हुनेछन् ।
उपप्रमुख संगिता सुवेदीले विद्यालय स्तरबाट क्रिकेट छात्रा उत्पादन गर्ने उद्देश्यले निरन्तर दिइएको र आगामी दिनहरुमा समेत निरन्तरता दिने उनको दावी थियो ।
उनका अनुसार प्रतियोगिताका लागि करिब ७ लाख रुपैया बजेट विनियोजन गरेको बताउँदै प्रतियोगितामा उत्कृष्ट तथा उपविजेतालाई पुरस्कार समेत बृद्धि गरेको बताए ।
कोहलपुरको खेलकुदको उर्भरभूमि भएकोले कोहलपुर नगरपालिकाले ठुलो लगानी गरेको उनको भनाई थियो । खेलकुद मन्त्री महेश्वर गहतराज अथक हुँदा कोहपुरको क्रिकेट एकेडेमीको गुरुयोजना सहित अघि बढेको छ जसलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
यस्तै पत्रकार सम्मेलनमा बोल्दै कोहलपुर नगर खेलकुद विकास समितिका संयोजक चक्र चिमाला क्षेत्रीले खेलकुदमा १९ वर्ष मूनीका खेलाडीहरु सहभागि हुने बताए । कोहलपुरबाटै नै अन्तराष्ट्रिय स्तरमा क्रिकेटको माध्यमबाट पुगेकी मनिसा रानाको उदाहरण दिँदै संयोजक क्षेत्रीले भोलीका दिनमा समेत यि नै छात्राहरुबाट नै खेलाडी उत्पादन हुने उनको विश्वास थियो ।
उपमेयर कप छात्रा क्रिकेट प्रतियोगितामा १८ वटा विद्यालय सहभागि भएको नगर खेलकुद विकास समितिका संयोजक क्षेत्रीले बताए ।
कार्यक्रम कृष्ण मावि विद्यालयका प्रअ दिलिप वलीले कार्यक्रम सञ्चालन गरेका थिए भने दर्जन बढि पत्रकारहरुको सहभागिता भएको थियो ।
प्रतियोगिताको विजेता टिमले ३५ हजार नगद तथा २५ हजार बराबरको खेलकुद सामग्री प्राप्त गर्नेछ भने उपविजेता टिमले २० हजार नगद र १५ हजार बराबरको खेलकुद सामग्री जित्नेछ।
व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ जसमा प्लेयर अफ द सिरिजलाइ ७५००, बेस्ट ब्याटर ५०००, बेस्ट बलर ५०००र उदाउँदो खेलाडीका रूपमा एक जोडी क्रिकेट सुज (जूता) प्राप्त गर्नेछन् ।
खेलकुद विकास समितिको सिफारिसमा प्रतियोगिताबाट उत्कृष्ट ५ खेलाडीलाई क्रिकेट एकेडेमीमा निःशुल्क प्रशिक्षण प्रदान समेत गरिनेछ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्