वागेश्वरी बहुमुखी क्याम्पसको खेल सप्ताहको दोस्रो दिन प्रतिस्पर्धामा खेल रोचक छ: क्याम्पस प्रमुख दान बहादुर हमाल




शिवध्वज शाही, कोहलपुर । 
मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पसमा खेल सप्ताह सुरु भएको छ । क्याम्पसको ३३ औ वार्षिक उत्सवको अवसरमा खेल सप्ताहको आज दोस्रो दिनको खेल रोचक भएको छ ।


३३ औ वार्षिक उत्सव कार्यक्रम यहि फागुन ९ गते भव्य रूपले सम्पन्न गर्न विभिन्न समिति र उपसमिति निर्माण गरिएको  क्याम्पस प्रमुख प्रमुख दान बहादुर हमालले जानकारी दिए । उनले पहिलो दिन भन्दा दोस्रो दिनको खेल रोचक भएको वताए । हिजोबाट सुरु भएको खेल सप्ताहको दोस्रो दिन भएको खेलमा छात्र तथा छात्रा भलिबलमा ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्ट समूह अन्तरगत छात्रतर्फ भिम बुढाथोकीको समूहले जित हासिल गरेको छ भने छात्रातर्फ कमला थापाको समूह फाईनलमा पुगेको छ । भोलि छात्रा तर्फको अन्तिम खेल हुने छ भने छात्रहरुको सेमिफाइनल हुने खेलकुद उपसमिति सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

क्याम्पसको वार्षिक उत्सव लाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण प्राध्यापक कर्मचारी, अभिभावक विद्यार्थी, उधोगी, व्यापारी, फिडर विद्यालय, समाजसेवी, बुद्धिजीवी, पुर्व बिद्यार्थी, पुर्व संचालक समिती, पुर्व स्ववियु पदाधिकारी तथा सदस्यहरु, लगायत स्थानीय सरकार, राजनीतिक दल, चन्दादाता, सुरक्षाकर्मि, मिडियाकर्मी पत्रकार सम्पूर्ण लाई आआफ्नो तर्फबाट सहयोग गर्न र अनिवार्य उपस्थिति हुन अनुरोध गरिएको छ । प्रचारप्रसार उपसमिति संयोजक एकराज शर्माले सरोकारवाला निकायलाई उपस्थितिको लागि अनुरोध गरेका हुन ।


उक्त भलिबल प्रतियोगितामा छात्रतर्फ ५ समूह र छात्रा तर्फ ४ समूहले टिम दर्ता गरेको र वार्षिक उत्सव कार्यक्रम लाई भव्य रूपमा सम्पन्न  गराउन खेलकुद लगायत सरसफाइ कार्यक्रम समेत राखिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ फागुन ५ गते सोमबार