वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा खेल सप्ताह आज देखि सुरु




भगवती पोख्रेल, कोहलपुर । 
मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पसमा खेल सप्ताह सुरु भएको छ । क्याम्पसको ३३ औ वार्षिक उत्सवको अवसरमा खेल सप्ताह सुरु गरिएको हो । क्याम्पसले हरेक वर्ष अन्तर संकाय खेलकुद गर्दै आईरहेको छ ।


३३ औ वार्षिक उत्सव कार्यक्रम यहि फागुन ९ गते गर्न विभिन्न समिति र उपसमिति निर्माण गरिएको प्रमुख दान बहादुर हमालले जानकारी दिए । आजबाट सुरु भएको खेल सप्ताह अन्तरगत छात्र तथा छात्रा भलिबल प्रतियोगिताको उदघाटन गरिएको हो । आज भएको खेलमा छात्र तर्फ ग्र्याजुएट स्कुल अफ एजुकेसन समूह ए हिरालाल रानाको समुहले जित हासिल गरेको छ भने छात्रा तर्फ ग्र्याजुएट स्कुल अफ म्यानेजम्यान्टले जित हासिल गरेको छ । उक्त भलिबल प्रतियोगितामा छात्र तर्फ ५ समूह र छात्रा तर्फ ४ समूहले टिम दर्ता गरेको खेलकुद उपसमिति संयोजक तोयानाथ पहाडीले जानकारी दिए ।


आजको उदघाट्न कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख दान बहादुर हमालले स्वास्थका खेलकुद रास्ट्रका खेलकुद अति आवश्यक भएको र क्याम्पसले हरेक वर्ष खेल सप्ताह सुरु गर्दै आएको जानकारी दिए ।
क्याम्पसको ३३ औ वार्षिक उत्सव लाई भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण सरोकारवाला निकाय, व्यक्ति, समुह र मिडियाको भूमिका रहनुपर्नेमा जोड दिए । क्याम्पसमा हालै निर्माण सम्पन्न भएका साईन्स भवनको समेत उदघाटन गरिने उनले वताए । क्याम्पसमा पठनपाठन मात्र होइन अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण सहित विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन खेल सप्ताह सुरु गरिको उनले वताए ।


खेलकुद फागुन ७ गतेसम्म सन्चाल हुने समेत उनले जानकारी दिए । उक्त खेअ सप्ताहको सहजीकरण ग्र्याजुएट स्कुल अफ एजुकेसनका विभागीय प्रमुख ज्ञानेन्द्र शाहिले गरेका थिए । खेलकुद हरेक दिन टिफिन टाईमपछि मात्र सुरु गरिने र वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न प्राध्यापक, कर्मचारी एवम् विद्यार्थीहरुको बाक्लो उपस्थित रहेको प्रचारप्रसार उपसमिति संयोजक एकराज शर्माले कोहलपुर टुडेलाई जानकारी दिए ।

प्रकाशित मिति : २०८१ फागुन ४ गते आइतबार