Kohalpur Today Header Ads

चितुवाको आक्रमणमा ज्यान गुमाएकी बालिकाको परिवारलाई १० लाख राहत




खजुरा । खजुरा गाउँपालिका–६ सिमलघारीकी लक्ष्मी पुनको चितुवाको आक्रमणमा परेर गत भदौ ३० गते मृत्यु भएको सात महिनापछि उनको परिवारलाई लुम्बिनी प्रदेश सरकारले १० लाख रुपैयाँ राहत उपलब्ध गराएको छ।

खजुरा गाउँपालिकाको पहलमा उक्त राहत रकम प्रदान गरिएको हो। गाउँपालिकाका पदाधिकारीहरूले मृतक परिवारलाई राहत हस्तान्तरण गर्दै पीडित परिवारलाई थप आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

चितुवाको आक्रमणबाट मृत्यु भएका बालबालिकाका परिवारलाई राहत प्रदान गर्ने कार्यमा स्थानीय सरकारको पहल सकारात्मक भएको भन्दै स्थानीयहरूले सरकारलाई धन्यवाद दिएका छन्।

LIfe Ok
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ फागुन ४ गते आइतबार