कोहलपुर । कोहलपुर नगरपालिका–१२ चपरगौडीस्थित ज्ञानकुञ्ज ईमी स्कुल शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्दै अघि बढिरहेको छ । २०७३ सालमा स्थापना भएको यस विद्यालयले बालमैत्री सिकाइ, स्वच्छ खानेपानी, पर्याप्त खेलमैदान, यातायात सुविधा तथा अन्य विविध सुविधाहरू प्रदान गर्दै आएको छ ।
विद्यालयले मन्टेश्वरी पद्धतिबाट अध्यापन गराउँदै आएको छ, जसले बालबालिकाको स्वाभाविक सिकाइ क्षमतालाई विकास गर्न सहयोग पु¥याएको छ । साथै, विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै विद्यालयले रु. २ लाखसम्मको दुर्घटना बीमा व्यवस्था गरेको छ। हाल विद्यालयमा ६०० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।
विद्यालयका संस्थापक तथा प्रिन्सिपल महेन्द्र कार्की भन्नुहुन्छ “हामी शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नगरी व्यवहारिक शिक्षा र जीवन उपयोगी सीपलाई पनि उत्तिकै प्राथमिकता दिइरहेका छौँ। विद्यार्थीहरूको मनोविज्ञान बुझेर उनीहरूलाई अध्यापन गराउने हाम्रो मूल उद्देश्य हो।“
भौतिक संरचना र शैक्षिक गुणस्तरमा सुधार
विद्यालयले भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न सुधारात्मक कार्यक्रम अघि बढाएको छ । विद्यालय परिसरको हरियाली प्रवद्र्धन, भौतिक संरचनाको विस्तार र आधुनिक प्रविधिको उच्चतम् प्रयोग विद्यालयका मुख्य प्राथमिकतामा पर्छन्।
विद्यालयले शिक्षण प्रक्रियामा पनि सुधारका योजना अघि बढाएको छ। जसअनुसारः विद्यार्थीको रुचिअनुसार अतिरिक्त कक्षा सञ्चालन, कोर्सका अतिरिक्त नयाँ पाठ्यक्रमको तर्जुमा,व्यावहारिक सिकाइमा जोड, प्रयोगात्मक कक्षा सञ्चालन रहेको छ।
विद्यालयका प्रिन्सिपल कार्की भन्नुहुन्छ, “विद्यालयलाई साँच्चै ज्ञानको केन्द्र बनाउने हाम्रो अभियान हो। त्यसैले हामी भौतिक तथा शैक्षिक सुधारमा निरन्तर लागिरहेका छौँ।”
विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ। आधुनिक सिकाइ विधि, प्रविधिसँगको समन्वय र विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई ध्यानमा राख्दै ज्ञानकुञ्ज ईमी स्कुल स्थानीय स्तरमै अब्बल विद्यालयको रूपमा स्थापित हुने दिशामा अघि बढिरहेको छ।
प्रतिक्रिया दिनुहोस्