Kohalpur Today Header Ads

चितुवाको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु




बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ। मधुवन नगरपालिका वडा नम्बर ७ की ५१ वर्षीया जुनाकुमारी लामिछानेको शुक्रबार चितुवाले आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरले बताए।

लामिछानेलाई घरनजिकै नेपाल–भारत सीमाना क्षेत्रमा बाख्रा चराउँदै गर्दा बिहान ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो। चितुवाले आक्रमण गरेको देखेपछि स्थानीयले होहल्ला गरेका थिए। त्यसपछि चितुवा भागेको थियो।

लामिछानेलाई स्थानीयले जिल्ला अस्पताल गुलरिया पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। स्थानीयले प्रहरीलाई दिउँसो साढे १ बजेतिर मात्रै खबर गरेको डिएसपी घर्ती मगरले बताए।

LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रबार