भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना




काठमाडौँ । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज-२००० बिहीबार मध्य प्रदेशमा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

विमानमा रहेका दुवै पाइलट सुरक्षित रूपमा निस्किएर बाँच्न सफल भएका छन् । मध्य प्रदेशको राजधानी भोपालबाट ३८४ किलोमिटर उत्तरमा रहेको शिवपुरी जिल्लाको सुनारी चौकी नजिकै विमान दुर्घटना भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पाइलट घाइते भएका छन् । दुर्घटनापछि सो विमानको भित्री भागमा ठूलो आगोको लप्को देखिएको थियो, जुन सामाजिक सञ्जालमा पनि छाइरहेको छ ।

दुर्घटनाको कारण अहिले थाहा हुन सकेको छैन । भारतीय वायुसेनाले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहीबार