सल्यान । कुमाख गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड जनता माध्यमिक विद्यालय रागेचौरले जितेको छ । बुधबारदेखि शुरू भएको शिल्डमा रागेचौरले १५ स्वर्ण सहित प्रथम बनेको हो ।
शनिबार सम्म चलेको खेलकुदमा नारायण मावि रूमालगाउ १० स्वर्ण सहित द्वितीय बनेको छ भने ३ स्वर्ण सहित बुद्धजनकल्याण मावि बडागाउ तृतिय बनेको छ ।
त्यस्तै १ स्वर्ण सहित चौथो स्थानमा जनकल्याण मावि कोट, अनि पाचौमा महेन्द्र मावि जिमाली रहेका छन । यी ४ वटै विद्यालय १२ कक्षासम्म संचालित छन ।
अन्य ७ विद्यालय कक्षा १० सम्म संचालित विद्यालय रहेकाले संवरण पदक प्राप्त गर्नेमा कमजोर रहेका छन । शनिवार गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार सोनी, निवर्तमान उपाध्यक्ष डिल्लीराज जैशीको उपस्थितिमा एक कार्यक्रमका विच विजेता खेलाडीलाई सम्मान गरिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्