बैजनाथ । बैजनाथ गाउँपालिकामा १ गाभरमा रहेको रारा माध्यामिक विद्यालयमा पहिलो पटक बाल कोष स्थापना गरिएको छ । मंगलबार कारितास नेपाल, विद्यालयका प्रअ मान बहादुर खड्का, शिक्षक र विद्यार्थीहरुले संयूक्त रुपमा ५ हजार ५ सयको बाल कोष स्थापना गरेका हुन् ।
यस्तै कारितास नेपालको मासिक बैंठकबाट बाल क्लबलाई थप प्रभावकारी बनाउन बाल कोष स्थापना गराउने निर्णय गर्ने भनेपछि विद्यालयका सबै प्रअ, शिक्षक र विद्यार्थीहरुको संयुक्त रुपमा कारितास नेपालले मासिक बैठकका लागि छुट्याइएको खाजा खर्च ५ हजार, प्रअले ५ सय ५५ र शिक्षक र विद्यार्थीले खाजा खर्च कटाएर रकम थप गर्ने गरी बाल कोष स्थापना गरिएको विद्यालयका प्रअ मान बहादुर खड्काले जानकारी दिए ।
यस्तै विद्यालयका प्रधानाध्यापक र संरक्षक शिक्षकको नाममा बैंक खाता खोलिने यस कोषमा बाल क्लबको अनुमति र निर्णय अनुसार बालबलिकाको हितको लागि खर्च गरिने व्यवस्था गरिएको शिक्षक कृष्ण कुमार शाहीले जानकारी दिए । शाहीका अनुसार परियोजनाको प्रभावकारिता, बाल संरक्षण, र विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आगामी योजना निमार्ण गरेको बताए ।
यस्तै विद्यालयका १० जना आर्थिक रूपमा विपन्न र जेहेन्दार बालबालिकालाई शैक्षिक सामग्री वितरण समेत गरिएको थियो । कारितास नेपालले विद्यालयलाई दराज, ह्वाइट बोर्ड , ड्रमसेट, र बाल क्लब ब्यवस्थापनको लागि आवश्यक सामग्री हस्तान्तरण गरेको थियो ।
कारितास अष्ट्रेलिया र अष्ट्रेलियन एडको सहयोगमा कारितास नेपालले नेपाल जीविकोपार्जन तथा उत्थानशीलता परियोजना अन्तर्गत यस रारा माध्यमिक विद्यालयमा बिगत डेढ वर्षदेखि बालबालिकाहरुको क्षमता तथा व्यक्तित्व विकास, आधारभूत अधिकारको सुनिश्चितता र बालमैत्री वातावरणको स्थापना गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
यी कदमहरूले बालबालिकाको सुरक्षित वातावरणमा पठनपाठनको अधिकार सुनिश्चित गर्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने विश्वास गरिएको छ। विद्यालय परिवारले यस महत्वपूर्ण सहयोगका लागि कारितास नेपाललाइ हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
प्रतिक्रिया दिनुहोस्