
कोहलपुर । कोहलपुरमा भोलिदेखि सुरु हुने आठौं अन्तर मावि मेयर कप तथा १७औं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन र व्यवस्थापनमा आयोजना हुन लागेको उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ सुरु हुने प्रतियोगिताको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले भोली दिउँसो १ बजे कोहलपुर नगरपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यायलयमा उद्घाटन हुनेछ ।
खेलकुद गतिविधिहरु भने विहान ७ बजेबाट सुरु हुने सदस्य सचिव दिलीप वलीले जानकारी दिए । खेलकुद प्रतियोगिताका नगरपालिकाले १० लाख वजेट विनियोजन गरेको र विद्यालयको प्रवेश शुल्क करिब ३ लाख संकलन भएको सदस्य सचिव वलीले जानकारी दिए । प्रतियोगिता मावितर्फ र आवी गरी दुई तहमा प्रतिस्पर्धा हुनेछ ।
मावितर्फ प्रथम हुनेलाई ७५ हजार, द्धितिय हुनेलाई ६५ हजार र तृतिय हुनेलाई ५५ हजार रहेको छ भने आवितर्फ प्रथम, द्धितिय र तृतियले क्रमश २५ हजार, २० हजार र १५ हजार प्राप्त गर्नेछन । उत्कृष्ठ खेलाडिलाई ५१ हजार नगद सहित सम्मान गरिने सदस्य सचिव वलीले बताए ।
यस्तै प्रतियोगितामा कोहलपुर नगरक्षेत्रका (सामुदायिक र निजी) ५३ विद्यालयका २ हजार १ सय ६७ जना खेलाडी (छात्रछात्रा)हरुले प्रतियोगितामा सहभागि हुनेछन् भने छात्र १ हजार ३ सय ७ जना र छात्रा ८ सय ६० जना छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नगर खेलकुद विकास समितिका संयोजक चक्र चिमाल क्षेत्रीले आठौं मेयरकप तथा १७औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगितालाई खेल उत्सवका रुपमा लैजाने योजना पालिकाको रहेको बताए ।
उनले कोहलपुरलाई खेलकुद हवका रुपमा राष्ट्रियस्तरमा पहिचान स्थापित गर्ने गरी अगाडि बढेको क्षेत्रीले बताए । प्रतियोगितामा एथ्लेटिक्स, भलिवल, कपडी र मार्सलआर्ट रहेका छन् । यो वर्षदेखि चेस विधा थपिएको छ । चेसमा १० जनाले भाग लिएका छन् । भाग लिएका मध्ये प्रथम, द्धितीय र तृतीय हुनेलाई सम्मान पत्र सहित पुरस्कार वितरण गर्ने तर उपाधिका लागि मेडलमा गणना नहुने संयोजक क्षेत्रीले बताए ।
कोहलपुर नगरपालिका जिल्ला स्तरीय प्रतियोगितामा लगातार दिुई वर्षदेखि प्रथम हुँदै आएको छ । जिल्ला स्तरीय प्रतियोगितामा कोहलपुर नगरपालिका प्रथम भएको थियो । जसमा २१ गोल्डमेडल, २२ शिल्भर र २९ कास्य पदक सहित जिल्ला प्रथम भएको थियो ।
यस्तै सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विश्वकर्मा लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्