काठमाडौं ।
मलेसियाका लागि नेपाली राजदूत डाक्टर नेतृ प्रसाद तिम्सिनाले आफ्नो ओहोदाको प्रमाणपत्र मलेसियाका राजा सुल्तान इब्राहिमलाई बुझाएका छन् ।
राजदूत तिम्सिनालाई राजाका प्रेस्टिज गार्डले राजधानी क्वालालम्पुरमा रहेको राष्ट्रपति भवनमा सलामी दिएका थिए ।
सुल्तानसँगको भेटमा राजदूत तिम्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश सम्प्रेषण गरेका थिए ।
नेपाली राजदूतावास क्वालालम्पुरको जानकारी अनुसार आजको ओहोदाको प्रमाणपत्र बुझाउने राजदूतहरू छ जना थिए ।
कार्यक्रममा मलेसियाका विदेशमन्त्री पनि सहभागी भएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्