कोहलपुर । दोस्रो प्याब्सन कोहलपुर नगर स्तरीय रनिङ्ग शिल्डको उपाधि नगद २५ हजार सहित ग्रीनपिस माध्यमिक विद्यालय चप्परगाैडीले हात पार्न सफल भएको छ।
कोहलपुर नगरपालिका २ स्थित रहेको १३ बिघामा संचालित दोस्रो रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा ग्रीनपिस मावि कोहलपुर १२ ले ७ स्वर्ण ५ रजत र ३ कास्य पदक नगत रु २५ हजार सहित बिजेता बनेको हो।
त्यसैगरी ५ स्वर्ण ४ रजत र २ कास्य पदक र नगत १५ हजार सहित निम्बल एकेडेमी कोहलपुर ११ उप बिजेता बन्न सफल भएको छ। ५ स्वर्ण ३ रजत र १ कास्य पदक र नगत रु १० हजार सहित वागेश्वरी एकेडेमी कोहलपुर १० तेस्रो स्थान हासिल गरेको प्याब्सन कोहलपुर सचीव मित्रलाल ओलीले जानकारी दिए ।
आईतवार सम्पन्न भएको प्याब्सन कोहलपुर दोश्रो रनिङ्ग सिल्ड खेलकुद प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य सुर्य ढकाल विशिष्ट अतिथि कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बिक, शिक्षक, विद्यार्थी पत्रकार लगाएत कोहलपुर क्षेत्रका २६ निजि विद्यालयहरुको सहभागी रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी ढकालले निजि विद्यालयहरुले नै गर्दा शिक्षाका सरकारलाई ठुलो सहयोग पुगेको बताएका थिए । यसरी नै आगामी दिनहरुमा निरन्तर यसरी नै निजि विद्यालयहरुले शिक्षा मात्र नभएर खेलकुद मार्फत समेत कोहलपुरलाई चिनाउने काम गरेकोले सरकारले निजि विद्यालयहरुले यसरी आफ्नो सामुदायिक उत्तरदायित्व अन्तर्गत गरेको बृहत् खेलकुद प्रतियोगिता कोहलपुरको लागि महाकुम्भ भएको उनको भनाई थियो ।
आगामी दिनहरूमा समेत यस्ताखाले कार्यक्रमलाई अझै सभ्य र भब्य बनाउदै निरन्तरता दिन आग्रह गर्दै सांसद ढकालले सरकारको तर्फबाट आफुले निजि विद्यालयहरुको हककितमा निरन्तर आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रमलाई समापन गर्दै प्याब्सन कोहलपुर नगर अध्यक्ष रमेश केसीले सहभागी सम्पुर्ण विद्यार्थी खेलाडी शिक्षक विद्यालय लगाएत सहयोग गर्ने सम्पुर्ण संघ संस्था एवं बिजेता उप बिजेता सबैलाई धन्यवाद ब्यक्त गर्दै आगामी बर्षमा तेस्रो कोहलपुर नगर स्तरीय प्याब्सन रनिङ्ग शिल्ड आयोजना गर्ने प्रतिबद्धता सहित कार्यक्रम समापन गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्