भारत रेल दुर्घटना: मृतकको संख्या १२ पुग्यो, ४० घाइते




महाराष्ट्रको जलगांवमा बुधबार साँझ भएको रेल दुर्घटनामा मृत्यु हुनेको संंख्या १२ पुगेको छ। दुर्घटनामा ४० जना घाइते भएका छन्।

पधाडे रेलवे स्टेशनस्थित लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएको थियो। हल्लापछि कसैले चेन तानेर ट्रेन रोकेका थिए। यात्रुहरु डरका कारण चलिरहेको रेलबाट हामफाल्न थाले।

भारतीय सञ्चार माध्यमका अनुसार यात्रुहरू रेलबाट हाम फालेर उनीहरु अर्को ट्र्याकमा बसेकै समयमा अर्को ट्र्याकबाट आइरहेको कर्नाटक एक्सप्रेसले उनीहरूलाई किचेको थियो।

ब्रेक लगाउँदा धुवाँ निस्किएपछि फैलियो हल्ला

पुष्पक एक्सप्रेस लखनउबाट मुम्बई जाँदै थियो भने कर्नाटक एक्सप्रेस मुम्बईबाट दिल्ली जाँदै थियो। रिपोर्ट अनुसार, पुष्पक एक्सप्रेसले ब्रेक लगाउँदा पाङ्ग्राबाट धुवाँ निस्किएको थियो। यसै कारण यात्रुहरूमा आगलागी भएको हल्ला फैलियो। हल्लाकै कारण धेरै यात्रुहरू डब्बाबाट बाहिर हाम फालेका थिए।

सेन्ट्रल रेलवेको भुसावल डिभिजनका अधिकारिक स्रोतका अनुसार दुर्घटना भएको स्थानमा ट्र्याक तीव्र मोडमा थियो। यसै कारण यात्रुहरूले ट्रेन आउँदै गरेको समेत थाहा पाएनन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधबार