स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु




पर्सा । स्कुल बसको ठक्करले वीरगञ्जमा आज एक जना साइकल यात्रुको मृत्यु भएको छ । तेजस एकेडेमीको ना ५ ख १५०४ नम्बरको स्कुल बसको ठक्करले बाराको फेटा गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षका तैयामोदिन मिया अन्सारीको मृत्यु भएको हो ।

उक्त बसले साइकल यात्री अन्सारीलाई वीरगञ्ज महानगरस्थित बाइपासमा ठक्कर दिएको थियो ।

बसको ठक्करले गम्भीर घाइते भएका अन्सारीको उपचारको लागि नारायणी अस्पतालमा पुर्‍याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्साका ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टले सवारी दुर्घटनामा संलग्न चालक देवा पासवान र सवारीसाधन बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार