
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १ मा रहेको कृष्ण माध्यमिक विद्यालयका विद्यार्थीलाई सचेतनामुलक विद्यालय तथा कलेज स्तरीय अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
समाज सेवा संस्था नेपाल बाँकेका केन्द्रिय अध्यक्ष विनोद थापाको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसीको प्रमुख अतिथित्यतामा सचेतनामुलक विद्यालय तथा कलेज स्तरीय अभिमूखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
यस्तै कोहलपुर नगरपालिका १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसीले कलिलो उमेरमा राम्रा र नराम्रा विषयहरुलाई बालबालिकालाई ज्ञान दिनुपर्ने बताए । बालबालिकालाई लागूऔषध दुव्र्यसन न्यूनीकरण गर्नका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै आगामी दिनहरुमा समेत निरन्तरता पाउने उनको भनाई थियो ।
यस्तै समाज सेवा संस्था नेपालका केन्द्रीय अध्यक्ष विनोद थापाले लागूऔषध प्रयोग गरी बालबालिकाले भविष्य नै अन्धकार बनाएका छन् सो अन्धकारलाई उज्यालो तर्फ लिनका लागि यो कार्यक्रम गरेको बताए । लागूऔषध न्यूनिकरण गर्नका लागि कानूनी सजाय सम्बन्धी जानकारी दिइएको अध्यक्ष थापाले बताए ।
कार्यक्रममा कृष्ण माविका प्रअ दिलिप वलीले स्वागत मन्तव्य राखेका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरका इन्सपेक्टर रेशम लाल पौडेलले लागूऔषध न्यूनिकरण सम्बन्धी प्रशिक्षक दिएका थिए । कार्यक्रममा करिब ३ सय भन्दा बढि विद्यार्थीहरुको उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्