Kohalpur Today Header Ads

राप्तीसोनारीमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम




कोहलपुर। बाँकेको राप्तीसोनारी गाउँपालिका भित्रका विद्यालयहरुमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

राप्तीसोनारी गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद शाखाको आयोजनामा संचालन गरिएको सो कार्यक्रम राप्तीसोनारी गाउँपालिकाको ८ वटा मा . वि विद्यालयमा सम्पन्न गरिएको नागरिक आरोग्य सेवा केन्द्र ढकेरीकी प्रमुख अन्जना थारुले जानकारी दिइन ।

बिहीबार राप्तीसोनारी ९ को जनता मा वि मा कार्यक्रममको आयोजना गरि कार्यक्रमको समापन गरिएको छ ! समापनसत्रमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि तथा राप्तीसोनारी गाउँपालिका वडा न ९ का वडा सदस्य प्रेम बहादुर वलीले विद्यालय स्तरमा आयुर्वेद र योग शिक्षा कार्यक्रम निकै महत्त्वपूर्ण भएको र यस कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।

LIfe Ok

कार्यक्रममा बोल्दै जिल्ला आयुर्वेद केन्द्र बाँकेकी गिता रेग्मीले विद्यालय स्तरमा आयुर्वेद तथा योग शिक्षाले विद्यार्थीहरुलाइ स्वस्थ्य जीवनयापन गर्न सहयोग पुग्ने हुँदा पालिका भित्रका सबै विद्यालयहरुमा सो कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिइन । कार्यक्रमम बोल्दै जनता माध्यमिक विद्यालय राप्तीसोनारी – ९ का प्रधानाध्यापक भद्र बहादुर के सीले स्वस्थ जीवनशैली अपनाउन आहार विहारमा ध्यान दिनुपर्ने बताउदै विद्यालय स्तरमा यस्ता कार्यक्रमहरुलाइ निरन्तरता दिनुपर्ने बताए।

कार्यक्रममा नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद शाखा खजुराका प्रमुख डा किरण खनाल,नरैनापुर शाखा प्रमुख रोशन शर्मा ,कोहलपुर शाखा प्रमुख गौरीशंकर मण्डल जिल्ला आयुर्वेद केन्द्रकि प्रमुख डा. गिता रेग्मीले सहजीकरण गर्दै आयुर्वेद संस्थाको अवस्था , ,स्वास्थ जीवनशैली बारे जानकारी , स्थानीय स्तरमा पाइने जडिबुटी, योग र ध्यान बारे सैद्धान्तिक तथा योग प्रयोगात्मक सहजीकरण गरेका थिए । कार्यक्रम बाट राप्तीसोनारीका ८ वटा माध्यमिक विद्यालयका करिब ८ सय जनाविद्यार्थी लाभान्वित भएको आयोजकले जनाएको छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस २५ गते बिहीबार