बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिकामा संचालन भएको गाउँपालिकास्तरीय खेलकुुद प्रतियोगितामा प्रभात नमूना माध्यमिक विद्यालय चौथो पटक शिल्ड जित्न सफल भएको छ ।
बिं.स.२०७८, ०८९, ०८० र २०८१ को गरी चौथो पटक राष्ट्रपति रनिङ शिल्ड छनौट तथा उपप्रमुुख कप प्रतियोगीता जित्न सफल भएको हो ।
यहि पुुष १३ गते उद्घाटन भएर पुुष १६ गते सम्पन्न प्रतियोगितामा विभिन्न खेलमा १२ स्वर्ण ९ रजत र १० कास्य पदक विद्यालयले प्राप्त गरेर प्रथम स्थान हासिल गरेको छ । विद्यालयले शिल्डसहित ४० हजार नगद पुुरस्कार र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्न सफल हिमालय विद्या निकेतन जि.गाउँले २५ हजार र तेस्रो स्थान ल्याउन सफल दिप ज्योती माध्यमिक विद्यालय चिसापानीले १५ हजार नगद र शिल्ड प्राप्त गरेका छन् ।
विद्यार्थीको लगाव मेहनत, शिक्षक कर्मचारीको समन्वय तथा विद्यालय व्यवस्थापन समितिले खेललाई आवश्यक महत्व दिएका कारण उत्कृष्ठ नजिता ल्याउन सफल भएको छ ।
बैजनाथ गाउँपालिकामै प्रभात नमूना विद्यालयका रुपमा रहेको छ । जहाँ १ हजार ७ सय बढी विद्यार्थी अध्ययन गर्छन भने पालिकामै कक्षा ११ र १२ मा विज्ञान बिषय अध्यापन हुुने एक मात्र विद्यालय रहेको प्रधानाध्यापक अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्