काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) तहाचल, काठमाडौंका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शाखा अधिकृत धनेश्वर प्रसाई रहेका छन् । उनलाई अख्तियारको टोलीले सेवाग्राहीसँग ३ लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।
उनका अनुसार पक्राउ परेका प्रसाईमाथि थप अनुसन्धान भइरहेको छ । उनीमाथि पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको आरोप छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ पुस १४ गते आइतबार












प्रतिक्रिया दिनुहोस्