
कोहलपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) कोहलपुरले स्व.हरिप्रसाद रावत स्मृति प्याब्सन शिक्षा पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।
कोहलपुर नगर ब्याब्सनका अध्यक्ष रमेश खत्रीको अध्यक्षतामा प्याब्सन कोहलपुरको ५औँ बैठकले २५ हजार राशीको प्याब्सन शिक्षा पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।
प्याब्सन शिक्षा पत्रकारिताको संरक्षणमा स्व.हरिप्रसाद रावतका छोरा प्याब्सन बाँकेका निवर्तमान अध्यक्ष यमबहादुर रावत रहनेछन् ।
प्याब्सन दिवसको अवसरमा प्याब्सन शिक्षा पत्रकारिता पुरस्कार पौष २४ गते हस्तान्तरण गरिने प्याब्सन कोहलपुरका नगर सचिव मित्रलाल वलीले बताए ।
स्व.रावतलाई स्व.राजा महेन्द विर विक्रलम शाह, स्व. राजा विरेन्द्र विर विक्रम शाहले समेत विभिन्न विभूषण पदकले सम्मानित भएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्