कोहलपुरमा शिक्षकहरुलाई IEMIS सम्बन्धी दुई दिवसीय क्षमता विकास सकियो तालिम




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा शिक्षकहरुलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) सम्बन्धी दुई दिवसीय क्षमता विकास तालिम समापन गरिएको छ ।

शिक्षा युवा तथा खेलकुद शाखा कोहलपुर नगरपालिकाको आयोजनामा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) सम्बन्धी दुई दिवसीय क्षमता विकास तालिम समापन गरिएको हो ।

कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम पौष ९ गतेदेखिबाट सुरु भएको तालिम १० गते समापन भएको थियो ।

विद्यालयको शैक्षिक गतिविधि अद्यावधिक गर्ने सफ्टवेयर सम्बन्धी शिक्षकलाई जानकारी गराउन तालिमको आयोजना गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम बहादुर हमालले बताए ।

‘सफ्टवेयर सम्बन्धि ज्ञान नहुँदा विद्यालयको शैक्षिक गतिविधि अद्यावधिक गर्न समस्या भइरहेको छ,’ उनले भने, ‘धेरैलाई यो सम्बन्धि ज्ञान छैन, त्यसको समाधान र हरेक विद्यालयका गतिविधिलाई प्रबिधिसंग जोडन तालिमको आयोजना गरेका हौ ।’

कोहलपुरका विद्यालयको तथ्याङ्क व्यवस्थापनका साथै पालिका स्तरीय कक्षा ८ को परीक्षामा सहजता ल्याउन तालिमले सहयोग गर्ने हमालले बताए ।

कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास संयोजक ईश्वरी विश्वकर्माले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुलाई बालबालिकाको तथ्याङ्क व्यवस्थापनमा कमी कमजोरी देखिएको छ त्यसैले गम्भीर भएर लाग्न शिक्षकहरुलाई आग्रह गरेका हुन् ।

बालबालिकाको तथ्थांक व्यवस्थापन अति संवेदनशिल हो, तालिममा सिकाएका कुरालाई जिम्मेवार भएर ग्रहण गर्न मेरो अनुरोध छ ।

तालिममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शाखा अधिकृत प्रविनबाबुु भट्टराई र शुशिल पौडेलले प्रशिक्षण दिएका थिए ।

दुई दिने तालिममा कोहलपुर नगरपालिकाका भित्रका ७५ विद्यालयका ७५ भन्दा बढी शिक्षकहरुको उपस्थिति रहेको छ । तालिमको सहजीकरण शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत शिला गौतमले गरेकी थिइन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस ११ गते बिहीबार