प्रहरी र पूर्व प्रहरीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर हुँदै




कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरको आयोजना र कोहलपुर डेण्टल अस्पतालको प्रविधिक सहयोगमा प्रहरी र पूर्व प्रहरीहरुको लागि निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गर्न लागिएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरमा पौष १५ गते प्रहरी र पूर्व प्रहरीहरुको लागि निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कोहलपुर डेण्टल अस्पतालका सञ्चालक गजेन्द्र बहादुर शाहीले देश र जनताको लागि सधै डिउटीमा खटिरहने प्रहरीको लागि पनि स्वास्थ्य निकै महत्वपूर्ण पक्ष हो त्यसकारणले निःशुल्क स्वास्थ्य शिविर गरी सेवा प्रदान गर्न लागेको बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस ९ गते मंगलबार