१५औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता हुँदै




कोहलपुर । क्रिसा बाँकेको आयोजनामा ‘१५औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता-२०८१’ हुन लागेको छ ।
आइतबार बसेको बैंठकले कोहलपुर नगरपालिका-२ तेह्र विगाहमा १५औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता-२०८१ माघ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुन लागेको हो ।

यस्तै आधारभूत तह (कक्षा नर्सरी देखि कक्षा ८) सम्म थ्रो बल ईन बास्केट (१ जना छात्र/छात्रा), कक्षा १ देखि ५ सम्म १०० मिटर (छात्र/छात्रा) र कुर्सी दौड (छात्रा) र कक्षा १ देखि कक्षा ६ सम्म (अन्डर-१२ ५A साइड) फुटबल (छात्र) मा खेलकुद प्रतियोगिता हुनेछ ।

यस्तै कक्षा ६ देखि ८ सम्म १०० मिटर (छात्र/छात्रा), २०० मिटर (छात्र/छात्रा), १x१०० मिटर (छात्र/छात्रा) र लङ्गजम्प (छात्र/छात्रा) मा प्रतियोगिता हुनेछ ।

यस्तै माध्यमिक तह (कक्षा ९ देखि १२) मा भलिबल (छात्र/छात्रा), १०० मिटर दौड(छात्र/छात्रा), ४०० मिटर दौड (छात्रा), १५०० मिटर दौड (छात्र), ४x१०० मिटर रिले दौड (छात्र/छात्रा), सटपट (छात्र/छात्रा) र लङ्गजम्प (छात्र/छात्रा) मा प्रतियोगिता हुनेछन् ।

क्रिसा बाँकेका अध्यक्ष बेगम प्रकाश चन्दले १५ विधामा हुने खेलकुद प्रतियोगितालाई भव्य र सभ्य रुपमा सफल पार्नका लागि सबै संस्थागत विद्यालयहरुलाई आग्रह गरेका छन् ।

‘बालबालिकाको क्षमता, दक्षता र सार्वङ्गिक विकासका लागि खेलकुद अनिवार्य छ,’ उनले भने, ‘त्यसैले सबै संस्थागत विद्यालयहरुले क्रिसा रनिङ्ग शिल्ड प्रतियोगितामा बालबालिकाहरुको सहभागितामा रोक नलाउनुहोला ।’

विगत भन्दा फरक र भिन्न शैलीमा खेलकुद प्रतियोगिता हुन लागेको र विगतका दिनहरुमा समेत क्रिसा बाँकेले निकै उत्कृष्ट कामहरु गरेको अध्यक्ष चन्दले जानकारी दिए ।

क्रिसा बाँकेका संस्थापक टिकाराम सुवेदीलाई सम्झदै क्रिसा बाँकेका अध्यक्ष चन्दले संस्थागत विद्यालयको हकहितमा काम गर्नेका लागि बनाएको संगठन एकढिक्का भएर जानुपर्नेमा जोड दिएका थिए ।

यस्तै खेलकुद प्रतियोगितामा सहभागिताका लागि पौष २५ गतेसम्म दिउसो ३ बजेसम्म कोहलपुर-२ मा रहेको जनज्योति पब्लिक हाई स्कुलमा टिम दर्ता गरिसक्नु पर्नेछ भने टिम दर्ता गराउँदा खेलाडीको परिचय पत्रमा IEMIS कोड अनिवार्य राख्नुपर्नेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस ८ गते सोमबार