महोत्तरीमा घरधनीको हत्या : लाखौँ रुपैयाँ बराबरको धनमाल लुटियो




महोत्तरी । महोत्तरीको मनरा शिसवा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराको एक समूहले घरधनीको हत्या गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार स्थानीय ७० वर्षीय सुशील झाको सात/आठ जनाको हतियारधारी समूहले हत्या गरेको हो ।

घरधनीको हत्या गरी लुटेराको समूहले लाखौँ रुपैयाँ बराबरको धनमाल पनि लुटेर लगेका छन् । झाको घरबाट सुनको मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान र ८० हजार रुपैयाँ नगद लुटेर लगेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए ।

हत्या गरिएका घरधनी झाकी श्रीमती सामान्य घाइते छन । हत्या र अरु सरसामान के कति लुटपाट भएको छ भन्नेबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस ६ गते शनिबार