वडास्तरीय आधारभुत तह खेलकुद छनौट प्रतियोगितामा गणेश मा वि प्रथम




 

कविन्द्र परियार /
राप्तीसोनारी गाउँपालिका वडा न – ९ ढकेरी स्थिति १७ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद छनौट प्रतियोगिता तथा सातौं राप्तीसोनारी गाउँपलिका स्तरीय अध्यक्ष कप एवं दोस्रो वडास्तरीय आधारभुत तह खेलकुद छनौट प्रतियोगितामा आयोजक गणेश मा वि ढकेरी प्रथम भएको छ ।

आधारभुत तहमा एघार वटा इभेन्ट्मा संचालन गरिएको प्रतियोगितामा आयोजक विद्यालय गणेश मावीले ७ स्वर्ण १ रजत र २ कास्य गरि १० पदक प्राप्त गरि प्रथम स्थान ओगट्न सफल भएको छ । प्रतियोगितामा जनता मा वि बैजनाथपुरले ३ स्वर्ण ५ रजत र १ कास्य गरि ९ पदक सहित दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । त्यस्तै नेपाल राष्ट्रिय आधारभुत विद्यालय महादेवाले १ स्वर्ण २ रजत र ५ कास्य गरि ८ पदक सहित तेस्रो स्थान प्राप्त गर्न सफल भएको आयोजक विद्यालयले जनाएको छ ।

गणेश माध्यमिक विद्यालय ढकेरीको आयोजना तथा राप्तीसोनारी गाउँपालिका वडा न ९ को वडा कार्यालयको सहयोगमा
। बुधबार सप्पन्न भएको प्रतियोगितामा प्रतियोगिताको राप्तीसोनारी गाउँपालिका वडा न ९ वडाध्यक्ष सोहनलाल थारुले दिप प्रज्वलन गरी उदघाट्न गरेका थिए ।

उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अथिती वडाध्यक्ष थारुले वडाभित्र खेलकुदको विकासका लागि आफू प्रतिबद्ध भएको बताएका छ्न । साथै उनले आगामी वर्षहरुमा आयोजना गरिने खेलकुद प्रतियोगितालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक पर्ने बताए ।

प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाइ ,मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा राप्तीसोनारी -९ का ४ वटा सामुदायिक र २ वटा संस्थागत गरि ६ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस ३ गते बुधबार