ज्ञानोदय सामुदायिक पुस्तकालयले १५ औं शृङ्खलाको सरसफाइ कोहलपुर -१३ भरैयामा भव्यरुपमा सम्पन्न





भगवती पोख्रेल, कोहलपुर
कोहलपुर नगरपालिका वडा नं -१३ भरैयामा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको आयोजना तथा कोहलपुर नगरप्रहरीको समन्वयमा सरसफाइ कार्यक्रम गरिएको हो । पुस्तकालयले बिगत डेढ दशक अगाडी देखि हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगरपालिका भित्रका विभिन्न वडाहरुमा स्थानीय संघसंस्थाको समन्वयका साथ यो कार्यक्रम गर्दै आएको छ ।


सरसफाइ कार्यक्रम बोल्दै कोहलपुर नगरपालिका वडा नं -१३ का वडा अध्यक्ष डम्बर खड्काले गाउँ शहर दुबै सफा र सुन्दर बनाउने कार्यमा नगरबासी जागरुक हुनुपर्नेमा जोड दिए । उनले हरेक महिनाको २ पटक नगरपालिकाको गाडी भरैया गाउँमा फोहोर लैजाने व्यवस्था गर्न महिनामा हरेक घरले १०० रुपैया दिनुपर्ने वताए ।


कार्यक्रममा ज्ञानोदय सामुदायिक पुस्तकालयका सचिव एकराज शर्माले हरित नगर सुन्दर नगर सफाराखौ हाम्रो सहर भन्ने मुल नाराका साथ नगरप्रहरीको समन्वयमा स्थानीय संघसंस्थाको सह आयोजनामा सरसफाइ कार्यक्रम गर्दै आएको जानकारी दिए । उनले यो अभियान विसुद्द सामाजिक अभियान र चेतनामुलक अभियान भएकोले सबैको साथ पाएको वताए । कार्यक्रममा १३० बढिको उपस्थितमा सरसफाइ गरिएको थियो ।


कार्यक्रममा वडा सदस्य गोमा खनाल, नगरप्रहरी ईन्चार्ज कर्ण बहादुर मल्ल, पुस्तकालय कार्यसमिति सदस्य सर्मिला मल्ल, टोल विकास समिति संयोजक तथा सदस्यहरु, समाजसेवी सुरेन्द्र थापा पुस्तकालयकि कार्यालय प्रमुख जानकी सापकोटा लगायत गाउँले बासिहरुको बाक्लो उपस्थित रहेको थियो । पुस्तकालयका सचिव एकराज शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण पुस्तकालयका कर्मचारी शिवध्वज शाहीले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ मंसिर २९ गते शनिबार