आठ वर्षीया बालिकाको घाँटी रेटेर हत्या, एक जना पक्राउ




बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–२ नडाङ सनइवाडाका हर्क सनइको छोरी आठ वर्षीया बालिका विनिता नेपालीको हत्या भएको हो ।

बालिकाको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ४८ वर्षीय नन्दे सनइलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाटै नन्देको साथबाट हसिया १ थान, बन्चरो १ थान र कोदालो १ थान बरामद गरेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ मंसिर २९ गते शनिबार