इजरायली रक्षा बल (आईडीएफ)ले सिरियाको राजधानी दमास्कस र लाटाकियाबिच सिरियाली सेनाको ७० देखि ८० प्रतिशत सम्पत्ति नष्ट गरेको दाबी गरेको छ । आईडीएफले शनिबार रातिदेखि उसको वायु सेना र नौसेनाले सिरियामा ३ सय ५० भन्दा बढी आक्रमण गरेको जनाएको छ ।
यी आक्रमणहरूबाट, दमास्कस र लाटाकिया बिचको ७० देखि ८० प्रतिशत रणनीतिक सैन्य सम्पत्तिहरू नष्ट भएका छन् । यसमा लडाकु विमान, राडार र वायु रक्षा साइटहरू, नौसेना जहाजहरू र हतियार आधारहरू समावेश छन् ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले भने, ‘हिजो राति इजरायली नौसेनाले सिरियाली नौसेनाको फ्लीटमा सफलतापूर्वक आक्रमण गरी नष्ट गरेको छ।’ इजरायल सेनाले सिरियाको गोलान हाइट्सबाट सिरियाको डिमिलिटराइज्ड बफर जोनतर्फ अघि बढेको छ ।
सिरियामा बसर अल-असदको सत्ताबाट पतन भएपछि इजरायलले लगातार सैन्य लक्ष्यहरूमा आक्रमण गरिरहेको छ। सिरियाली सेनाको हतियार विद्रोहीको हातमा नपरोस् भनेर आफूले यी आक्रमणहरू गरिरहेको उसले बताएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्