दोस्रो प्याब्सन नगर स्तरीय खेलकुद प्रतियोगिता हुँदै




कोहलपुर । ‘दोस्रो प्याब्सन नगर स्तरीय खेलकुद प्रतियोगिता २०८१’ सञ्चालन गर्न लागेको छ ।

आइतबार कोहलपुर नगर प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीको अध्यक्षतामा बसेको बैंठकले माघ ११ गतेदेखि १३ गतेसम्म ‘दोस्रो प्याब्सन नगर स्तरीय खेलकुद प्रतियोगिता २०८१’ सञ्चालन हुन लागेको हो ।

प्रतियोगितामा मावि तहमा एथ्लेटिक्सतर्फ ३ हजार दौड र भलिबल रहेका छन् भने आवितर्फ (कक्षा ७ र ८) १०० मिटर दौड, ४ सय मिटर रिले दौड रहेका छन् ।

यस्तै प्राथमिक तर्फ (कक्षा ३ र ४) १ सय मिटर बोरा दौड, कक्षा १ देखि ८ सम्म मार्सलआर्ट तौलका आधारमा खेलाइने नगर अध्यक्ष केसीले जानकारी दिए । प्रतियोगितामा कोहलपुरका २७ वटा विद्यालयहरु रहनेछन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ मंसिर २३ गते आइतबार