कोहलपुरमा पुष ९ गतेदेखि १७ गतेसम्म महोत्सव हुँदै




कोहलपुर । नेपाल आदीबासी जनजाति महासंघ नगर समन्वय परिषद्को आयोजनामा पुष ९ गतेदेखि १७ गतेसम्म महोत्सव सञ्चालन हुन लागेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै पुष ९ गतेदेखि १७ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी दिइएको थियो ।

नेपाल आदीबासी जनजाति महासंघ कोहलपुर नगरका अध्यक्ष कृष्ण बहादुर पुनले पहिलो पटक महोत्सव सञ्चालन गर्न लागेको हुँदा भव्य सभ्य रुपमा सञ्चालन गर्न आग्रह गरेका छन् ।

पुनका अनुसार ८ किसिमका उद्देश्य र आकर्षणहरु रहेको बताएका थिए । आदीवासी जनजातिहरुको संयुक्त संग्राहलय निर्माण, बौद्ध गुम्बालाई थप व्यवस्थापन गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको मनोञ्जन, जातिय भाषा कक्षा सञ्चालन र असाहय बृद्धाबृद्धा बालबालिकाहरुलाई सहयोग गर्ने, अत्याधुनिक सिसि क्यामरा जडान गर्ने, २५० वटा व्यापारिक स्टलको व्यवस्था गर्ने, झाकी ¥याली, खानपिन परिकार, भेषभूषा संस्कृति प्रर्दशनीका लागि फरक फरक ४ वटा स्टलहरु रहने व्यवस्था गरिने र हात्ती र उँटको प्रदर्शनी गराउने रहेको अध्यक्ष पुनले जानकारी गराएका थिए ।

स्कुल कलेज स्तरीय सामुदायिक र संस्थागत विद्यालयहरुको नृत्य प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्धितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १५ हजार रहेको अध्यक्ष पुनले जानकारी दिए ।

अध्यक्ष पुनले ५ करोडको अनुमानित लक्ष्य रहेको बताउँदै ४५ दिनभित्र आयव्यय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने बताए ।

यस्तै ६४ जना स्थानिय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुती राख्ने छन् भने जसमा अन्तराष्ट्रिय रसियन कलाकारहरुको समेत प्रस्तुती रहने कलाकार व्यवस्थापन समिति संयोजक प्रेम बहादुर गुरुङ्गले जानकारी दिए ।

यस्तै झाकी ¥यालीलाई समेत प्रथमलाई १५ हजार, द्धितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार उपलब्ध गराउने अध्यक्ष पुनले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ मंसिर १९ गते बुधबार