३३औं अन्तराष्ट्रिय अपाङ्गता दिवस : बैजनाथ वडा १ अपाङ्गता सञ्जाल प्रथम




बैजनाथ ।

३३औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा भएको हाजिरीजवाफ प्रतियोगितामा बैजनाथ १ वडाको अपाङ्गता सञ्जाल प्रथम भएको छ ।

मंगलबार बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायको प्रमुख अतिथ्यितामा भएको कार्यक्रममा सामाजिक विकास समिति संयोजक भुमिसरा रानाको सभापतित्वमा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम भएको हो ।

हाजिरीजवाफ प्रतियोगितामा द्धितीय हुनेमा वडा नं. ५, वडा नं. ६ को तृतीय र वडा नं. ३ अपाङ्गता सञ्जाल चौथो भएको थियो ।

३३औं अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा वडा स्तरीय अपाङ्गता सञ्जालका पदाअधिकारीहरुलाई हाजिरीजवाफ प्रतियोगिता गराइएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ मंसिर १९ गते बुधबार